एसियन गेम्सको तयारीका लागि नेपालले आज पहिलो अभ्यास खेल खेल्दै

“
काठमाडाैं, साउन २२ । एसियन गेम्स र साफ च्याम्पियनसिपको तयारीको लागि थाइल्याण्डमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले आज पहिलो अभ्यास खेल खेल्दै छ । १० दिने विशेष प्रशिक्षणमा रहेको नेपालले स्थानीय क्लबसंग पहिलो अभ्यास खेल खेल्न लागेको हो ।नेपालले पहिलो अभ्यास खेल पुलिस टेरो क्लबसंग खेल्दै छ ।
नेपाली समय अनुसार साँझ ५ बजे हुने खेल बोनयाचिन्दा स्टेडियममा हुनेछ । यस्तै नेपालले दोस्रो अभ्यास खेलमा शुक्रबार थाइल्याण्डको यू–२३ टोलीसंग थाम्मासत युनिभर्सिटी मैदानमा खेल्नेछ ।अभ्यास खेल र प्रशिक्षणको लागि नेपाली टोली शुक्रबार नै थाइल्याण्ड पुगिसकेको छ । साफ र एसियन गेम्सको लागि नेपालले २९ खेलाडीलाई अभ्यासमा पठाएको हो ।थाइल्याण्डको प्रशिक्षणपछि नेपाली टोली त्यहीबाट इन्डोनेसियामा जानेछन् ।
एसियन गेम्स अगष्ट १४ देखि सेप्टेम्बर १ सम्म हुनेछ । एसियन गेम्समा नेपाल समूह डीमा रहेको छर, नेपालले जापान, भियतनाम र पाकिस्तानसँग खेल्नेछन् ।
“








