संसद्का विषयगत समितिको बैठक आज पनि, कार्यविधीका विषयमा छलफल हुने

काठमाडौं, साउन २२ । संसद्का विषयगत समितिहरूको बैठक आज पनि बस्ने भएको छ । प्रतिनिधिसभाका १० वटै समितिले हिजोदेखि औपचारिक रूपमा काम थालनी गरेका हुन् ।

हिजो पहिलो बैठक सांसदहरुको चिनजानमा नै सकिएकाले आज विषयमा प्रवेश गर्ने सदस्यहरुले जनाएका छन् । समितिहरूका पहिलो बैठक परिचयात्मक र सभापति चयन नहुँदासम्मका लागि ज्येष्ठ सदस्य तोक्ने विषयमा मात्र केन्द्रित भएका छन् ।

आजदेखि समितिको कार्यविधीका विषयमा छलफल हुनेछ । संघिय संसद् सचिवालयका सचिव भरतराज गौतमले अब काम कारबाही कसरी अगाडि बढाउने, कार्यविधी के कसरी तय गर्ने भन्ने विषयहरू छलफल हुने जानकारी दिए । समितिहरूले स्थायी सभापति चयन नहुँदासम्मका लागि ज्येष्ठ सदस्य पनि चयन गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *