आगामी ३ दिन देशभर बदली हुने, मध्य तथा पूर्वमा भारी वर्षाको सम्भावना

काठमाडौं, साउन २२ । आगामी ३ दिन देशभर बदली हुनसक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । मध्य तथा पूर्वमा भने भारी वर्षाको सम्भावना छ ।

महाशाखाका अनुसार, मंगलबार दिउँसो र राति देशभर सामान्यदेखि पूर्ण बदली हुने योग छ । देशका थोरै स्थानमा भने आज भारी वर्षा हुनसक्छ । रातको समयमा मध्य र पूर्वका केही स्थानमा भारी वर्षा हुने अनुमान महाशाखाकाे छ ।

त्यस्तै साउन २३ गते दिउँसो हल्कादेखि मध्यम खालको वर्षाको सम्भावना छ । महाशाखाका अनुसार, मंगलबार जस्तै बुधबार राति पनि पूर्व तथा मध्य नेपालका एक–दुई स्थानमा भारी वर्षा हुनसक्छ । २४ गते देशभर बदली रही केही स्थानहरुमा हल्कादेखि मध्यम खालको वर्षाको सम्भावना महाशाखाले औंल्याएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *