विजयकुमार गच्छदारले फोरमको सम्पति अाफ्नै निजी बनाएपछि

काठमाडाैं, साउन २२ । निर्वाचनको समयमा नेपाल लोकतान्त्रिक फोरमले नेपाली कांग्रेससँग पार्टी एकता गरेपछि तीनकुनेस्थित फोरमको कार्यालय बन्द गरियो । बन्द गरेपछि कार्यालयमा रहेका सामग्री सोफा, फर्निचर, कुर्सीहरु भने तत्कालीन अध्यक्ष विजयकुमार गच्छदारले आफ्नो घरमा लगेर राखेको नेताहरुले खोजी गर्ने क्रममा थाहा पाएको बताएका छन ।

उक्त कार्यालयमा रहेको २५ लाख भन्दा बढीकोसामग्रीलाई गच्छदारले आफ्नो ब्यक्तिगत सम्पत्तिसरह बनाएर आफ्नो घरमा राखेको कांग्रेसका एक केन्द्रीय सदस्यले जानकारी दिए । निर्वाचनमा पार्टी एकता गरेकाे समयमा फोरमको चलअचल सम्पत्ति काँग्रेसकै हुने सहमति भएको थियो ।

फोरमबाट आएका नेताहरूले आफ्नो भूमिका खोजिरहेका बेला कांग्रेस नेताहरूले एकता गर्नुअघिको सम्पत्ति खोजविन गरेका हुन् । तर, लोकतान्त्रिक फोरमको नाममा सञ्चालित बैंकमा रहेको नगदको हिसाब पनि गच्छदारले कांग्रेसलाई दिएका छैनन् । १६ सांसद रहेको फोरमका प्रत्येक सांसदले पार्टीलाई २० हजार मासिक लेबी बुझाउँथे ।

पार्टीको ल्यापटप, कम्प्युटर, दराज, सोफा, टेबल लगायतका सामग्री थियो । तर, गच्छदारले आफ्नो छोराको नाममा सञ्चालन गर्न लागेको वित्तीय संस्थामा लगेर राखेका छन् । पूर्व उपप्रधानमन्त्री समेत रहेका गच्छदारको निर्देशनमा उनी निकट फोरम नेता भारतेन्द्र मल्लिकले पार्टी कार्यालयका फर्निचर ओसारेका हुन् । कांग्रेस र फोरमबीच २०७४ असोजमा एकता भएको थियो ।

कांग्रेसमा नगई नेपाल लोकतान्त्रिक फोरम ब्यूँताउने प्रयासमा रहेका भानुराम चौधरी आफूहरू पार्टीबाट अलग भएपनि कार्यालयको सम्पत्ति भागबण्डा लगाउने विषयमा कसैले आवाज नउठाएपछि गच्छदारले एकलौटी गर्न मौका मिलेको बताउँछन् । थरुहट तराई पार्टी नेपाल र फोरमबीच एकता भएका बेला भने आफूहरूले कार्यालयको सबै सम्पत्ति एकिकृत पार्टीलाई बुझाएको चौधरी बताउँछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *