फोहोर व्यवस्थापनमा चुनौती, महामारीको खतरा बढ्यो !

काठमाडौ, साउन २२ । काठमाडौको फोहोर व्यवस्थापन कठिन बन्दै जाँदा महामारीको खतरा बढ्ने देखिएको छ । फोहोरको कारण पानीजन्य रोग देखा पर्न थालेको छ । सबैभन्दा धेरै फोहोर व्यवस्थापन गर्ने निकाय काठमाडौं महानगरपालिकाले पानीजन्य रोग फैलन नदिन सजकता अपनाउन आग्रह गरेको छ ।

कामपाका वरिष्ठ जनस्वाथ्य अधिकृत राजेन्द्र घिमिरेले पानीको कारण झाडापखाला, हैजा, रगतमासी, जन्डिसलगायतका रोग बढ्न जाने सम्भावना बढेको बताउँदै त्यसका लागि कामपाले जनचेतनाका कार्यक्रम अघि बढाएको बताउनुभयो । उहाँले भन्नुभयो– ‘फोहोरको समस्याले बिकराल रुप लिन थालेपछि महानगरवासीलाई जनचेतनासम्बन्धी कार्यक्रम अघि बढाएका हौं ।’

पछिल्लो एक महिना यता सिसडोल ल्यान्डफिल साइट भरिएर फोहोरको पहिरो जाने खतरा बढेपछि उपत्यकालगायत छिमेकका २२ स्थानीय निकायको फोहोर व्यवस्थापनमा समस्या बढेको छ ।

समस्या समाधान गर्ने विषयमा सरकारले समेत चासो दिन छाडेपछि महामारी बढ्ने खतरा बढेको हो ।, यो खबर आजको नेपाल समाचारपत्रमा छ ।”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − 14 =