केन्द्र सरकारको टोली र प्रदेश ७ को सरकारबीच छलफल

कैलाली, साउन २१ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट स्थलगत भ्रमण गर्न आएको एक टोलीले साेमबार प्रदेश नं ७ को सरकारसँग छलफल गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव केदारबहादुर अधिकारी नेतृत्वको टोलीले प्रदेश नं ७ का मुख्यमन्त्री र मन्त्रीहरुसँग छलफल तथा अन्तरक्रिया गरेको हो ।

अन्तरक्रियामा प्रदेशको भौतिक पूर्वाधार र जनशक्ति, प्रदेशको आव २०७५/७६ को बजेट, कार्यक्रम र योजना, प्रदेश प्रहरी ऐन, प्रदेश लोकसेवा आयोग, प्रदेश योजना आयोगको गठनलगायतका विषयमा छलफल भएको थियो ।

संघीय, प्रादेशिक र स्थानीय सरकारबीचको सम्बन्ध, प्रदेश सरकार सञ्चालनमा आवश्यक पर्ने ऐन, कानून, नियम, निर्देशिका, कर्मचारी समायोजन, पदपूर्ति र प्रदेश निजामती सेवा ऐन सम्बन्धमा पनि छलफल भएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ ।

केन्द्र सरकारसँग आवश्यक समन्वय गरी प्रदेश सरकार सञ्चालनमा आएका अड्चन फुकाउँदै जनअपेक्षाअनुसार अगाडि बढ्ने निर्णय भएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता विशनसिंह थापाले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *