दक्षिण कोरियामा कार्यरतले भेटघाटका लागि परिवार लैजान पाउने

काठमाडौँ, साउन २१ । नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क योङसिकले नेपाली कामदारले कोरियामै परिवारसँग भेटघाट गर्न थालेको बताएका छन् ।

सोमबार श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टसँगको भेटमा राजदूत योङसिकले नेपाली कामदारको आत्महत्या कम गर्न परिवारसँग भेट गर्ने व्यवस्था सुरु भैसकेको र केहीले भेटेर आइसकेको जानकारी गराए ।

उनले नेपाली कामदारलाई सेवा क्षेत्रमा समेत लैजान आफूले पहल गर्ने बताएको मन्त्रालयका प्रवक्ता प्रकाश दाहालले जानकारी दिए ।

मन्त्रीविष्टले नेपाली युवाहरुको लागि दक्षिण कोरिया आकर्षक रोजगारीको क्षेत्र रहेको र कामदारहरुको संख्या थप गर्न आग्रह गरेका थिए ।

कोरियामा जाने कामदारलाई त्यहाँको आवश्यता अनुसार भाषा, सीपको विकास गर्न सरोकारवाला मन्त्रालयहरुबिच समन्वय गरेर जाने प्रतिवद्धता पनि मन्त्री विष्टले गरेका छन् ।

संघीय सरकारको मातहतमा रहने गरि स्थापना हुन लागेको तीनवटा प्रतिष्ठान स्तरका सीप विकास केन्द्रहरुको पूर्वाधार निर्माणमा कोरिया सरकारको सहयोगको अपेक्षा समेत व्यक्त गरे ।

नेपालमा रहने कोरियन नागरिकहरुलाई नेपाल बस्दा कुनै पनि असुविधा नहुने पनि मन्त्री विष्टले बताए ।

प्रतिष्ठान स्तरका सीप विकास केन्द्रहरुको पूर्वाधार निर्माणमा कोरिया सरकारबाट आवश्यक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेको र बैंकिङ माध्यमबाट विप्रेषण भित्र्याउने विषयमा पनि छलफल भएको सहसचिव दाहालले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *