मकालु खबर
ताजा, शुलभ, निष्पक्ष

छत्तिसगढमा १५ माओवादी विद्रोही मारिए

छत्तीसगढ, साउन २१। भारतको छत्तिसगढको सुक्मा नजिक सोमबार सुरक्षा कारबाहीमा १५ जना नक्सलवादी माओवादी विद्रोही मारिएका छन् ।

सुरक्षाकर्मीले घटनास्थलबाट १६ थान हातहतियार समेत बरामद गरेका छन् । सुक्माका प्रहरी अधिकृत अभिषेक मीनाका अनुसार, गस्तीमा रहेका प्रहरीमाथि आक्रमण भएपछि दोहोरो भिडन्त भएको थियो ।

प्रहरीले उक्त स्थानको वरपर थप लडाकू रहेको आशंकामा खोजतलासलाई तीव्र बनाएको छ ।

यही महिनाको सुरुमा छत्तिसगढमा विगत दुई वर्षको अन्तरालमा सुरक्षाकर्मीसँगको दोहोरो भिडन्तमा २ सय ४७ जना माओवादी लडाकू मारिएको विवरण माओवादीले नै सार्वजनिक गरेको पर्चामा उल्लेख रहेको प्रहरीले जनाएको छ ।

नक्सलविरोधी अभियान सम्बन्धी विशेष महानिर्देशक डीएम अवस्थीले अगस्ट २०१६ देखि जुलाई २०१८ को अवधिमा भएका ५०० भन्दा बढी झडपमा २०८ जना माओवादी लडाकूको शव प्रहरीले बरामद गरिएको बताए।रासस

प्रतिकृयाहरु
Loading...