लक्की मिडियाद्धारा अभिनेत्री गौरी मल्ल सम्मानित

काठमाडाैँ, साउन २१ । नेपाली चलचित्र क्षेत्रकी एक चर्चित अभिनेत्री गौरी मल्ल चितवनमा सम्मानित भएकी छिन् ।

मोफसलकै चर्चित लक्की मिडिया हाउस चितवनले एक कार्यक्रमका बीच अभिनेत्री गौरी मल्ललाई सम्मानका साथ दोसल्ला ओडाई सम्मान गरिएको थियो ।

नेपाली सिनेमा क्षेत्रको संरक्षण, प्रवर्धन र विकासमा महत्वपूर्ण योगदान पुर्याएको भन्दै लक्की मिडिया हाउस चितवनका अध्यक्ष हरि कार्की (लक्की) र चितवनका युवा उद्यमी समाजसेवी रुविन रामुदामुले मल्ललाई सम्मान गरेका थिए ।

अभिनेत्री मल्ललाई सम्मान गर्न पाउदा खुशी लागेको लक्की मिडिया हाउस चितवनका अध्यक्ष हरि कार्की (लक्की) ले बताए । चलचित्र सन्तानबाट चलचित्र क्षेत्रमा आएकी मल्लले पिरती, कन्यादान, चोट, सरस्वती, चेलीबेटी, चाहना लगायत थुप्रै चलचित्रमा अभिनय गरिसकेकी छिन् ।

अभिनेत्री मल्लको अभिनय नेपालमा मात्र होइन अभिशेष चौबेको भारतीय चलचित्र इस्कियामा पनि देख्न पाइन्छ ।

श्रद्धा, रक्षा, अपुताली, आशा, अमरपुत्र आदि दर्जनभन्दा बढी टेलिचलचित्रमा सशक्त अभिनय गरिसकेकी मल्लको सिंहदरबार अहिले सर्वाधिक लोकप्रिय छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *