कोरिया जाने कामदारको लागत घट्यो

काठमाडौँ साउन २१ ।  रोजगार अनुमती प्रणाली मार्फत रोजगारीका लागि लक्षिण कोरिया जाने नेपालीले तिर्ने हवाई टिकटको रकम २३ प्रतिशत घटेको छ । कोरिया जानका लागि यसअघि ५३० अमेरिकन डलर तिर्दै आएकोमा अब ४११ अमेरिकन डलर तिर्नु पर्ने छ ।

सन् २००८ मा इपिएस प्रणाली लागु हुँदा ५४१ ऋमेरिकन डलर तिर्दै आएकोमा दुई वर्ष पहिलेबाट ५३०.७५ डलर अथवा ५८ हजार २ सय ७२ रुपैयाँ बुझाउँदै आएका थिए ।

आइतबार हवाई भाडा निर्धारणको बोलपत्र स्वीकृत भएपछि अबदेखि प्रत्येक कामदारले ४११ डलर अर्थात ४५ हजार २ सय ९२ रुपैयाँ बुझाउनु पर्नेछ । यो सँगै अब कोरिया जाने कामदारले तिर्ने हवाई भाडा १२ हजार ९ सय ८० रुपैयाँ घटेको छ । इपिएस मार्फत वार्षिक ८ सय जना इपिएस मार्फत कोरिया जानेह गरेका छन् ।

यसरी कोरिया जाने कामदारले तिर्ने हवाई भाडामा वार्षिक १० करोड रुपैयाँ बचत हुने देखिन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *