कोरियन भाषा परीक्षा उत्तीर्ण गरेकाहरुको स्वास्थ्य परीक्षण भदौ ४ देखि शुरु

काठमाडौँ, साउन २१ । कोरिया जाने कामदारको स्वास्थ्य परिक्षण भदौ ४ गतेबाट शुरु हुने भएको छ ।

सन् २०१९ को लागि ईपीएस कोरियन भाषा परीक्षा उत्तीर्ण गरेकाहरुको स्वास्थ्य परीक्षण भदौ ४ गतेबाट राजधानीका ४ वटा अस्पतालमा गरिने भएको छ । शुक्रराज ट्रपिकल अस्पताल, निजामति अस्पताल, नेपाल–कोरियामैत्री अस्पताल र पाटन अस्पतालमा स्वास्थ्य परिक्षण गरिने भएको हो ।

मेडिकल पास भएकाहरुले भदौ ८ गतेबाट रोजगार भर्न पाउनेछन् । कोरियाले आवेदन फारम भरेकाहरुको नाम प्रमाणित गरेपछि रोष्टरमा चढ्नेछ र कोरियन रोजगारदाताले उनीहरुको छनोट गर्न सक्छन् । आगामी जनवरीबाट मात्रै यो वर्ष पास भएकाहरु जान पाउने इपिएस शाखाले जनाएको छ ।

यो वर्ष ७ हजार ९९६ जना भाषा परीक्षा पास भएका छन् । ईपीएस कोरिया शाखाले गत जेठ २६ र २७ गते परिक्षा लिएको थियो ।

कोटाभन्दा झण्डै ९ सय बढी परीक्षार्थी उत्तीर्ण भएका थिए । जसमा कृषिमा २ हजार ९६८ र उत्पादन क्षेत्रमा ५ हजार २८ जना उत्तीर्ण भएका थिए । सन् २०१९को लागि भएको कोरियन भाषा परीक्षामा ७४ हजार ८ सय ६६ जना सहभागी भएका थिए ।”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *