एन आई सी एशिया बैंकको QR Code Payment सेवा सुरु

काठमाडौँ, साउन २१ । शहरी तथा ग्रामीण जिल्लाहरुमा समेत आफ्नो सशक्त उपस्थिति स्थापित गर्नुको साथै विद्युतीय प्रविधि प्रयोग गरी विभिन्न डिजिटल बैंकिङ्ग सेवा प्रदान गर्दै आईरहेकोे एन आई सी एशिया बैंक लिमिटेडले QR Code मार्फत भुक्तानी आजबाट सञ्चालनमा ल्याएको छ ।

यो सेवा बैंकको मोबाइल बैंकिङ्ग (MoBank App) प्रयोगकर्ताहरुले प्रयोग गरि उपभोग गर्न सक्ने बैँकले जनाएको छ । QR Code मार्फत भुक्तानी गर्नको लागि निम्न तरिका प्रयोग गर्न सक्नेछन्ः

१. मर्चेन्टले MoBank मर्चेन्ट App बाट Request Payment विकल्प प्रयोग गरि QR Code generate गर्ने र ग्राहकले आफ्नो MoBank प्रयोग गरि सोहि QR Code मा MOPay विकल्प प्रयोग गरि Scan गरेर भुक्तानी गर्न सक्ने छन् ।

२. मर्चेन्टले भुक्तानी काउण्टर QR Code भएको Sticker पनि राख्न सक्ने छन् जसलाई ग्राहकले MOPay विकल्पप्रयोग गरि Scan गरेर भुक्तानी गर्न सक्ने छन् ।

एन आईसी एशिया बैंक यो सेवा नेपालमा सुरु गर्ने पहिलो बैंक हुनुको साथै यो सेवाबाट व्यवसायी तथा ग्राहकहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ । यो सेवा प्रयोग गर्नको लागि ग्राहकसँग Smart phone उपलब्ध हुनुपर्ने र उक्त Smart phone प्रयोग गरि ग्राहकले सजिलै भुक्तानी गर्न सक्नेछन् । बैंकको मोबाइल बैंकिङ्ग (MOBank) सेवा Google Play/App Store अथवा बैंकको वेबसाइटबाट सजिलै डाउनलोड गर्न सकिन्छ । बैंकले आगामी दिनहरुमा यस्तै खालको विभिन्न सेवाहरु ल्याउने योजना राखेको छ ।

बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंकप्रतिको भरोसाले गर्दा मुलुकभर २३४ शाखा कार्यालयहरु, २२४ एटिएम, १४ वटा एक्सटेन्सन काउण्टर एवं १६ वटा शाखारहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ ।

बैंकको वासलातको आकार रू. १७४ अर्ब भन्दा बढि पुगेको छ भने कुलनिक्षेप करिब रू. १४९ अर्ब पुगी निजी क्षेत्रबाट स्थापित बैंकहरुमध्ये नेपालको सबैभन्दा ठूलो बैंक तथा कुलकर्जा करिब रू. १२० अर्ब सहित निजी क्षेत्रका बैंकहरु मध्ये दोस्रो ठूलो बैंकको रुपमा आफ्नो पहिचान बनाउन सफल भइसकेको छ ।

हालसम्म यस बैंकमा ग्राहकको संख्या करिब ११ लाख ७५ हजार रहेको छ । साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको बैँकका सहायक प्रमुख कार्यकारी अधिकृत सुधिरनाथ पाण्डेले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 + thirteen =