संघीय संसद अन्तर्गत गठन भएका सबै समितिको पहिलो बैठक आज बस्दै

काठमाडौँ, साउन २१ । संघीय संसदको सबै समितिको पहिलो बैठक आज बस्ने भएको छ । संघीय संसद अन्तर्गत गत बिहीबार गठन भएका प्रतिनिधिसभाका १० र ४ वटा समितिहरुको पहिलो बैठक आज बस्ने भएको हो ।

काँग्रेसले संसदमा पाएको सिट संख्याका आधारमा समितिको जिम्मेवारी पाउनुपर्ने भन्दै गरेको अडानबाट काँगेस पछि हटेपछि गत बिहिबार दुवै सदनका सबै समितिहरु गठन भएका हुन् । संघीय संसद् सञ्चालन भएको झन्डै पाँच महिनापछि संसदीय समितिहरू क्रियाशील हुन लागेका हुन् ।

समिति सभापतिमा दलीय भागबन्डा नमिल्दासम्म ज्येष्ठ सदस्यले बैठकको अध्यक्षता गर्ने व्यवस्था रहेको छ । दलीय भागबण्डा नमिलेकै कारण समिति गठनमा ढिलाई भएको हो ।

प्रतिनिधिसभाअन्तर्गत अर्थसमिति, अन्तर्राष्ट्रिय सम्बन्ध, उद्योग वाणिज्य र श्रम तथा उपभोक्ता समिति, कानुन न्याय तथा मानवअधिकार समिति, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति, महिला तथा सामाजिक, राज्य व्यवस्था तथा सुशासन समिति, विकास तथा प्रविधि समिति, शिक्षा तथा स्वास्थ्य समिति र सार्वजनिक लेखासमिति छन् ।

त्यसैगरी राष्ट्रिय सभाअन्तर्गत दिगो विकास तथा सुशासन समिति, विधायन समिति, प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समिति र राष्ट्रिय सरोकार तथा समन्वय समिति छन् ।

दुई ओटा समिति भने प्रतिनिधि सभा र राष्ट्रिय सभाका सांसदहरु सदस्य रहने गरी गठन भएको छ । ‘मिनी पार्लियामेन्ट’का रूपमा मानिने संसदीय समिति क्रियाशिल हुन थालेपछि संघीय संसद्का धेरै कामहरु चाडो अगाडी बढ्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *