पहिरो पन्छाएपछि नारायणगढ–मुग्लिन सडक एकतर्फी सञ्चालनमा

चितवन, साउन २१ । निरन्तरको वर्षापछि पहिरो खस्दा नारायणगढ मुग्लिन सडक र पृथ्वी राजमार्ग अवरुद्ध भएको नारायणगढ मुग्लिन सडक एकतर्फी सञ्चालनमा आएको छ ।

सडक खण्डको जलवीरे र घुमाउनेमा खसेको पन्छाएपछि सडक एकतर्फी सञ्चालनमा आएको हो । जिल्ला प्रहरी कार्यालय, चितवनले बिहान ५ः५५ बजेबाट अवरुद्ध सडक एकतर्फी खुलेको जनाएको छ ।

अवरुद्ध सडक एकतर्फी सञ्चालनमा आएसँगै रोकिएका सवारीहरु आलोपालो गरेर पार गराइएको छ । यी दुवै ठाउँमा चार दिनयता पहिरो खस्दा सवारी आवागमन प्रभावित हुँदै आएको छ ।

त्यसैगरी, पृथ्वी राजमार्गको मुग्लिन नौबिसे सडकखण्ड अन्तर्गतको फिस्लिङमा आज बिहान ६ः४५ बजे पहिरो खसेपछि सडक अवरुद्ध भएको छ ।

पानी परिरहेकाले पहिरो पन्छाउन कठिन भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *