एसियन गेम्समा नेपालको पहिलो प्रतिद्वन्द्वी जापान

काठमाडौँ, साउन २१ । इन्डोनेसियामा हुने एसियन गेम्समा नेपालले पहिलो खेल जापानसँग खेल्ने भएको छ । इन्डोनेसियामा आयोजना हुने १८ औं संकरणको एसियन गेम्स अन्तर्गत पुरुष फुटबलमा नेपालले समूह चरणको पहिलो खेलमा जापानसंग खेल्ने भएको हो ।

अखिल नेपाल फुटबल संघ (एन्फा) को अनुसार समूह डी मा रहेको नेपालले पहिलो खेलमा एसियन फुटबलको पावर हाउस जापानसँग अगष्ट १४ मा खेल्ने छ । यस्तै दोस्रो खेलमा नेपालले भियतनामसँग अगष्ट १६ मा खेल्ने छन् । नेपालले समूह चरणको अन्तिम खेलमा पाकिस्तानसँग अगष्ट १९ मा खेल्नेछ ।

एसियन गेम्सको पुरुष फुटबलमा २६ टोलीले खेल्दै छन् । प्रत्येक समूहबाट दुई शीर्ष टोलीले नकआउट चरणमा स्थान बनाउने छन् ।

आगामी अगष्ट १४ देखी सेप्टम्बर १ सम्म जाकार्ता र पालेमबाङमा हुदैछ । प्रतियोगिताका लागि २० सदस्यीय नेपाली टोलीको घोषणा यस अघिनै गरिएको छ ।

जसमा किरण चेम्जोङ, भरत खवास र रोहित चन्दलाई सिनियर खेलाडीको रुपमा प्रतियोगितामा समावेश गरिएको छ । एसियन गेम्समा २३ बर्षका मुनिका खेलाडी समावेश हुन्छन् । जसमा २३ बर्षमाथिका ३ सिनियर खेलाडी राख्न पाउने प्रावधान छ ।

नेपाली टोली हाल थाइल्याण्डमा तयारी गरिरहेका छन् । नेपालले विशेष प्रशिक्षणको दौरान दुई अभ्यास खेल खेल्ने छ । नेपालले स्थानीय क्लब र थाइल्याण्डको यू–२३ टोलीसँग अभ्यास खेल छन् ।

नेपालले पहिलो अभ्यास खेल अगष्ट ७ मा पुलिस टेरो क्लबसँग बोनयाचिन्दा स्टेडियममा खेल्ने छ । यस्तै नेपालले यू–२३ टोलीसंग अगष्ट १० मा थाम्मासत युनिभर्सिटी मैदानमा खेल्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *