भिरबाट खसेको ढुंगाले लागेर सैनिकको मृत्यु

बैतडी, साउन २० । ढुंगाले लागेर बैतडीमा आइतबार एक सैनिक जवानको मृत्यु भएको छ ।

मृत्यु हुनेमा दोगडाकेदार गाउँपालिका–४ कपिन्ना जसमलाका ३० वर्षीय नारायणदत्त भट्ट रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी निरीक्षक कान्तिराज जोशीले जानकारी दिए।

गाउँ नजिकै रहेको पानीको मुहानमा पाइप जोडिरहेका बेला माथि भिरबाट खसेको ढुंगाले लागेर भट्टको मृत्यु भएको हो ।

दिउँसो १२ः४५ बजेतिर पाइप जोडिरहेका बेला मुहानको माथिबाट खसेको ढुंगाले भट्टको टाउकोमा लाग्दा घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

बिदामा घर आएका भट्ट नेपाली सेनाका चार नम्बर बाहिनी नेपालगञ्जमा कार्यरत थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *