डडेल्धुरामा शतप्रतिशत रोपाइँ सम्पन्न

डडेल्धुरा, साउन २० । खेती लाग्ने शतप्रतिशत स्थानमा रोपाइँ सम्पन्न भएको जिल्ला कृषि विकास कार्यालय डडेल्धुराले जनाएको छ ।

जिल्लामा रोपाइँ हुने कूल छ हजार २३६ हेक्टर क्षेत्रफलमा रोपाइँ गरी सकेपछि यो वर्ष जिल्लामा शतप्रतिशत रोपाइँ सम्पन्न भएको जिल्ला कृषि विकास कार्यालय डडेल्धुराका वरिष्ठ कृषि विकास अधिकृत दिलबहादुर विष्टले बताए ।

डडेल्धुरा जिल्लाको भित्री मधेश क्षेत्र पर्शुराम नगरपालिका र आलिताल गाउँपालिकामा असारमा नै रोपाइँ सम्पन्न भएको थियो भने अन्य गाउँपालिकामा अहिले मात्रै सम्पन्न भएको जनाएको छ ।

डेल्धुरामा रोपाइँ नसकिने भए पनि यो वर्ष भने पहिलो साताभित्रै केही सिँचाइ नलाग्ने जमीनबाहेक सम्पूर्ण रोपाइँ सकिएको जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत विष्टले जानकारी दिए।

सुुदूरपश्चिममा सबैभन्दा बढी रोपाइँ डडेल्धुरामा ९९ प्रतिशत रोपाइँ सम्पन्न भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − 2 =