गृहमन्त्री थापा आज बेलुका इण्डोनेसिया जाँदै

काठमाडौँ, साउन २०। गृहमन्त्री रामबहादुर थापा ‘बादल’ इण्डोनेसियाको राजधानी बालीमा आायोजना हुने ‘मानवतस्करी, बेचविखन र अन्तरदेशीय अपराध सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन आइतबार बेलुका ९ः३० बजे इण्डोनेसिया प्रस्थान गर्दैछन् ।

साउन २१ र २२ गते चल्ने सातौँ मन्त्रीस्तरीय सम्मेलनमा बिभिन्न देशका गृहमन्त्री र उच्च सरकारी अधिकारीहरु सहभागी हुँदै छन् ।

गृहमन्त्री थापाले साउन २२ गते सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । नेपालसहित चीन, भारत, अस्ट्रेलिया लगायत ४५ सदस्य राष्ट्र र संयुक्त राष्ट्रसंघीय एजेन्सीहरु आईओएम, यूएनएचसीआर र यूएनओडीसी सम्मेलनको सदस्यको रुपमा रहेका छन् ।

मानवतस्करी, बेचविखन र अन्तरदेशीय अपराधको सम्बन्धी विषयमा सदस्य राष्ट्रहरुबीच नीति निर्माण, सूचना आदानप्रदान र सहकार्य गर्ने उद्देश्यले सन् २००२मा बालि प्रोसेसको नाममा यो सम्मेलनको आयोजना गर्न सुरु गरिएको हो ।

गृहमन्त्रालयको चारसदस्यीय टोलीको नेतृत्व गर्दै गृहमन्त्री थापा आइतबार त्यसतर्फ प्रस्थान गर्न लागेका हुन् । उनी साउन २३ गते नेपाल फर्कने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *