कैलालीः १३ वर्षीया बालिकालाई जबरजस्ती करणी

धनुषा, साउन २०  । जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । गणेशमान चारनाथ नगरपालिका–६ बस्ने १८ बर्षीया महिलालाई स्थानीय बगैँचामा जबरजस्ती करणी गरेको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा गणेशमान चारनाथ नगरपालिका–६ का २८ वर्षीय महत कासिमलाई शनिबार प्रहरीले नियन्त्रणमा लिएको हो ।

कैलालीः लम्कीचुहा नगरपालिका–३ चिसोपानी बस्ने १३ बर्षीया बालिकालाई शौचालय गएको अवस्थामा बिहीबार जबरजस्ती करणी गरेको अभियोगमा सोही ठाउँ बस्ने २१ बर्षीय बसन्त बुढालाई शनिबार प्रहरीले पक्राउ गरेको छ ।

घटनाका सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान भइरहेको जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *