एनआई सी एशिया क्यापिटलद्वारा संध्याकालीन काउण्टर संचालनमा

“
काठमाडाैँ, साउन २० । एनआई सी एशिया क्यापिटल लिमिटेडले संध्याकालीन काउण्टर संचालनमा ल्याएको छ ।
सेवाग्राहीहरुलाई उत्कृष्ट सेवादिने उद्देश्यले संध्याकालीन काउण्टर संचालनमा ल्याइएको बैंकका प्रमुख कार्यकारी अधिकृत झनकराज ढुङ्गेलद्धारा जारी प्रेश विज्ञप्तीमा जनाइएको छ ।
यो सेवा सुरुभएसंगै अब सेवाग्राहीहरुले दैनिक कार्यालय समयभन्दा अतिरिक्त समय सेवा प्राप्त गर्न सक्ने छ्न ।
एनआई सी एशिया क्यापिटलको बबरमहल, काठमाण्डौ स्थित कार्यालयमा आईतबारदेखि बिहीबार सम्म बिहान १०:०० बजेदेखि दिउसो ०३ः०० बजेसम्म तथा संध्याकालिन काउण्टर दिउसो ४ः०० बजेदेखि बेलुका ६ः०० बजेसम्म र शुक्रवार बिहान १०:०० बजेदेखि दिउसो ०१ः०० बजे सम्म तथा संध्याकालिन काउण्टर दिउसो २ः०० बजेदेखि बेलुका ५ः०० बजेसम्म यही श्रावण २० गते आइतबारदेखि लागु हुने गरि संचालनमा ल्याएको छ ।
यस मार्फत हितग्राही खाता खोल्ने आवेदन फारम संकलन, शेयर प्रमाणपत्र तथा लाभांश विवरण, शेयर अभौतिकरण गर्ने, लगानि व्यवस्थापन तथा परामर्श सेवा लगायतका सेवाहरुका साथै यस क्यापिटलबाट दैनिक रुपमा प्रदान गरिने अन्य सम्पूर्ण सेवाहरु उपलब्ध गराइनेछ ।
सेवाग्राहीहरुको व्यस्ततालाई मध्येनजर राख्दै यो सेवा सञ्चालनमा ल्याइएको हो । यो सेवाले कामकाजी सेवाग्राहीहरु तथा व्यस्त समयमा सेवा लिन असुविधा हुने सेवाग्राहीहरुलाई विशेष उपयोगी हुनेछ ।
गुणस्तरीय, किफायती र छिटो छरितो सेवा प्रदान गर्ने एनआई सी एशिया क्यापिटलको प्रतिबद्धताको क्रममा यस सेवाले थप मजबूती प्रदान गर्ने विश्वास लिइएको छ ।
साथै सेवाग्राहीहरुसँग सामिप्यता बढाउन यस संध्याकालीन काउण्टरले महत्वपूर्ण भूुमिका खेल्ने विश्वास लिइएको छ ।
हाल एनआई सी एशिया क्यापिटलले निम्न सेवाहरु प्रदान गर्दै आइरहेको छ ः
शेयर रजिष्ट्रार
निक्षेप सदस्य
निष्काशन तथा बिक्री प्रबन्धक
प्रत्याभुतिकर्ता
लगानी व्यवस्थापन
परामर्श सेवा
म्युचुअल फण्ड
“








