क्रिकेटः दक्षिण अफ्रिकाद्वारा श्रीलंकालाई ३६४ रनको चुनौती

श्रीलंका, साउन २० । श्रीलंकामा जारी तेस्रो एक दिवसीय क्रिकेटमा दक्षिण अफ्रिकाले श्रीलंकालाई जितका लागि ३६५ रनको विशाल चुनौती दिएको छ । उक्त खेलमा दक्षिण अफ्रिकाका तर्फबाट पहिलो एक दिवसीय खेल खेलिरहेका रीजा हेन्ड्रीकले १०२ रन बनाएका थिए ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको दक्षिण अफ्रिकाले सात विकेटको क्षतिमा ३६३ रन बनाएको थियो । रीजा हिन्ड्रीकले ८९ बलमा १०२ रनको महत्वपूर्ण पाली खेलेका थिए ।

उनी पहिलो एक दिवसीय खेलमै सतक प्रहार गर्ने दक्षिण अफ्रिकाका तेस्रो ब्याट्सम्यान भएका छन् । यसअघि कोलीन इन्ग्राम र टेम्बा बाभुमाले यस्तो रेकर्ड बनाएका थिए ।

दक्षिण अफ्रिकाका तर्फबाट जाँ–पल डुमिनीले ७० बलमा ९२ रन बनाएका थिए । पाँच खेलको यस प्रतियोगितामा अफ्रिका २–० ले अघि रहेको छ ।

श्रीलंकाले जवाफी ब्याटिङ सुरु गरिसकेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *