प्रधामन्त्रीको सुरक्षागार्ड फेरियो, डिएसपी भट्टराईको ठाउँमा डिएसपी लिम्बु रहने
२०७४ जेठ १५ गते

“
काठमाडौँ, साउन २० । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख सुरक्षा गार्ड आइतबारदेखि फेरिएका छन्। आइतबारबाट प्रधानमन्त्रीको सुरक्षा गार्डका रुपमा डिएसपी राजन लिम्बु रहने भएका हुन् ।
यसअघि प्रधानमन्त्रीको सुरक्षामा खटिएका डिएसपी सानुरमा भट्टराई एसपीमा बढुवा भई केन्द्रिय अनुसन्धान व्युरोमा सरुवा भएपछि डिएसपीमा लिम्बुलाई प्रधानमन्त्रीको सुरक्षाका लागि पठाइएको हो ।
डिएसपी लिम्बु यसअघि प्रहरी प्रधान कार्यालय नक्सालमा रहेको सुरक्षा निर्देशनालयमा कार्यरत थिए भने केहि समयअघि तत्कालीन सभामुख सुवास नेम्वाङको सुरक्षामा खटिएका थिए ।
प्रधानमन्त्रीलाई सामान्यतया डिएसपीको कमान्डमा सुरक्षा व्यवस्था मिलाइएको हुन्छ ।
“
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








