राधे राधे र सल्लाघारी डुबानमा, हनुमन्ते पुल क्षेत्र भासियो

भक्तपुर, साउन २० । असार २८ गते डुबानमा परेको भक्तपुर गएराति परेको भारी वर्षाका कारण पुनः डुबानमा परेको छ । शनिबार राति परेको भारी वर्षाका कारण हनुमन्ते खोलामा आएको बाढीले भक्तपुर डुबानमा परेको हो ।

भारी वर्षाका कारण ढुङ्ग्रे खोला, खस्याङ खुसुङ खोला हुँदै हनुमन्ते खोलामा बाढी आएर पानीको बहाब जमीन सतहभन्दा माथि आएपछि भक्तपुरको मध्यपुरथिमि नगरपालिका–९ राधे राधे क्षेत्रको सिंगो बस्ती र भक्तपुर नगरपालिका–१ सल्लाघारी क्षेत्रको नयाँ बस्ती डुबानमा परेको हो । राधे राधे क्षेत्रका करीब ७० घर डुबानमा परेका छन् ।

रातिको बाढीले राधेराधे र सल्लाघारी जोड्ने पुलमा क्षतिसमेत पुगेको छ भने जनजिवन प्रभावित बनेको छ । घरघरमा बाढी पसेपछि स्थानीयबासीको भने बिचल्ली भएको छ । बाढीका कारण अस्तव्यस्त बनेका पसल र केही घरका सामान भने प्रहरीले बिहानै आएर सारेको र केहीको उद्धार गरेको बताइएको छ ।

बाढीले अरनिको राजमार्गस्थित भक्तपुर र मध्यपुरथिमि जोड्ने हनुमन्ते पुल क्षेत्र भासिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *