प्रतिनिधिसभा बैठक: पूर्वसांसद पंगेनीको निधनमा शोकप्रस्ताव पारित, अर्काे बैठक भाेली

“
काठमाडाैं, साउन २० । प्रतिनिधिसभाको बैठकले प्रजातान्त्रिक एवं लोकतान्त्रिक आन्दोलनमा सक्रिय रहेका पूर्वसांसद कमलप्रसाद पंगेनीको निधनमा शोकप्रस्ताव सर्वसम्मतिले पारित गर्याे। बैठकले उनको चिरशान्तिको कामना गर्दै एक मिनेट मौन धारणसमेत गरेको थियो ।
प्रतिनिधिसभाको आजको बैठकमा सभामुख कृष्णबहादुर महराले पंगेनीको निधनमा शोकप्रस्ताव प्रस्तुत गरेका थिए । पंगेनी २०७० सालको संविधानसभा निर्वाचनमा नेपाली काँग्रेसका तर्फबाट स्याङ्जा क्षेत्र नं २ बाट संविधानसभा सदस्य पदमा निर्वाचित भएका थिए ।
ऐतिहासिक जनआन्दोलन २०४६ र गणतान्त्रिक ÷प्रजातान्त्रिक लगायतका आन्दोलनमा अहं भूमिका निर्वाह गर्नुभएका पंगेनी नेका स्याङ्जा जिल्ला कार्यसमितिका सभापति र समाजसेवीसमेत थिए । पंगेनीको आइतबार विहान स्याङ्जास्थित आफ्नै निवासमा ५६ वर्षको उमेरमा हृदयघात भई निधन भएको थियो ।
प्रतिनिधिसभाको अर्काे बैठक साउन २१ गते सोमबार दिनको २ बजे बस्नेछ ।
“








