आजदेखि तीन दिन सम्म मौसम बदली, अधिकांश ठाउँमा भारी वर्षा हुने

काठमाडौं, साउन २० । आगामी तीन दिनसम्म मौसम बदली भई वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । आज देशका अधिकांश ठाउँमा मौसम बदलीभई पानी पर्ने भएपनि मध्य र पश्चिम नेपालमा भारी वर्षा हुने विभागले जनाएको छ ।

विशेषगरी आज साँझ र राति नेपालको मध्य र पश्चिम क्षेत्रमा भारी वर्षा हुने भएकाले सतर्क रहन मौसमविद् समिर श्रेष्ठले बताए । उनले मौसम बदलीभई देशैभर मंगलबार सम्म वर्षा हुने भन्दै आज दिउँसोदेखि रातिसम्म पूर्ण बदली रही देशका धेरै स्थानहरूमा वर्षाको सम्भावनारहेको बताए ।

यस्तै पर्सी मंगलबार भने दिउँसो र राति देशभर सामान्यदेखि पूर्ण बदलीहुने र विषेशगरी पूर्वी क्षेत्रमा वर्षा हुने मौसम विज्ञान विभागले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *