भेनेजुयलामा राष्ट्रपतिलाई लक्षित गरी ड्रोन हमला, सात सैनिक घाइते

काठमाडौँ, साउन २० । भेनेजुयलाका राष्ट्रपति निकोलस मदुरोलाई लक्षित गरी ड्रोन आक्रमण भएको छ । उनको सुरक्षार्थ तैनाथ सैनिकहरु घाइते भएका छन् भने उनी भाग्यबस बचेका छन् ।

त्यहाँको सरकारले राष्ट्रपतिको हत्या गर्ने कोशिस भएको बताइएको छ । भेनेजुएलाका संचारमन्त्री जर्ज रोड्रिग्जले उक्त हमला राष्ट्रपतिको हत्याको कोशिश भएको बताए । उक्त घटनामा सात सैनिक घाइते भएको उनले बताए ।

राजधानी कराकासमा एक कार्यक्रमलाई राष्ट्रपति निकोलसले सम्बोधन गरिरहेको बेला ड्रोन बिस्फोट भएको थियो । उक्त कार्यक्रम टेलिभिजनमा प्रत्यक्ष प्रसारण भइरहेको थियो । ड्रोन हमला भएपछि सुरक्षाकर्मीहरुले राष्ट्रपतिलाई घेरा हालेर सुरक्षित स्थानमा लगेका थिए ।

भेनेजुयलाका अधिकारीहरुले राष्ट्रपति मदुरो सकुशल रहेको बताएका छन् । भेनेजुयलाका सञ्चारमन्त्री जर्ज रोड्रिग्जसले यसलाई राष्ट्रपतिको हत्याको कोशिस भनेको बीबीसीले जनाएको छ । ड्रोन हमलामा कसको संलग्नता छ भन्ने खुलेको छैन ।

एजेन्सी

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 + four =