काँग्रेस स्याङजा जिल्ला सभापति कमल पंगेनीको ५८ वर्षको उमेरमा निधन

काठमाडौं, साउन २० । नेपाली काँग्रेस स्याङजाका जिल्ला सभापति कमल पंगेनीको निधन भएको छ । पुर्व सांसद समेत रहेका पंगेनीको ५८ वर्षको उमेरमा हृदयघातका कारण निधन भएको बताइएको छ ।

उनको आफ्नै निवास बयरखारीमा निधन भएको महिला संघकी केन्द्रीय उपाध्यक्ष सरस्वती तिवारीले जानकारी दिए । लामो समय काँग्रेसको राजनीतिमा सक्रिय पंगेनी कुशल संगठक र सवै पार्टीका नेता कार्यकर्तासँग राम्रो घुलमिल हुन सक्ने नेताका रुपमा चिनिन्थे । २०७० सालमा भएको संविधान सभा निर्वाचनबाट सभासद्मा निर्वाचित भएका पंगेनीले सांसदको रुपमा पनि संसदमा सक्रिय भूमीका खेल्नु भएको थियो ।

विज्ञान विषयमा स्नातकसम्मको अध्ययन गर्नु भएका पंगेनी २०३५ सालदेखि राजनीतिमा सक्रिय थिए । बालकृष्ण पंगेनी र मोहनी कुमारी पंगेनीको पुत्रका रुपमा उनको जन्म स्याङ्जाको तत्कालिन खिलुङ्गदेउराली गाविसा वडा नं. ८ मा भएको हो । उनका श्रीमती, एक छोरा र एक छोरी छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *