पाल्पा: दुर्घटनामा ज्यान गुमाएकाको शव निकालिँदै
![](https://www.makalukhabar.com/wp-content/uploads/2023/10/Final-icon-Logo-2023.png)
![](https://www.makalukhabar.com/wp-content/uploads/2021/01/nophoto.png)
“
पाल्पा, साउन २० । शनिबार बेलुकी पाल्पामा भएको जीप दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । ज्यान गुमाएका दुवै जनाको आइतबार बिहानैदेखि शव निकाल्ने प्रयास भैरहेको छ ।
रिब्दीकोट गाउँपालिका ६ ठिमुरे ढुस्टुङ्गमा भएको जीप दुर्घटनामा तानसेन नगरपालिका १० गणेशालका २६ वर्षीय विवेक पौडेल र ३६ वर्षीय टंक चलाउनको ज्यान गएको थियो । तानसेनबाट विद्युतका सामाग्री लिएर ठिमुरेतर्फ जाँदै गरेको बा १ च ८९७० नम्बरकाे निजी हाईलक्स टोयटा जीप ठिमुरे ढुस्टुङ्गमा दुर्घटनामा परेको थियो ।
जीपमा भएका दुबै जनाको घटनास्थलमै ज्यान गए पनि शनिबार बेलुकी उनीहरुको उद्धार हुन नसक्दा प्रहरीले दुवै जना बेपत्ता भएको जनाएको थियो । घटनास्थलमा पहिरोका कारण ढुंगा खस्न नरोकिएको र रात परेकाले शनिबार उद्धार हुन नसकेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
साँघुरो कच्ची सडकदेखि खोँचमा परेको शवलाई स्थानीयको सहयोगमा निकाल्ने प्रयास भैरहेको प्रहरीले जनाएको छ ।
“
![](https://www.makalukhabar.com/wp-content/uploads/2023/10/Final-icon-Logo-2023.png)