मुग्लिन सडकखण्ड: घुमाउनेमा पहिरो खसेपछि अाजपनि अवरुद्ध
२०७४ जेठ १५ गते

“
चितवन, साउन २० । नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ । राति सवा १० बजेतिर भरतपुर महानगरपालिका २ को घुमाउने भन्ने ठाउँमा पहिरो खसेपछि सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ ।
पानी परिरहेकाले पहिरो हटाउन समस्या भएको छ । अस्तिदेखि नै यो ठाउँमा पहिरो खसिरहेको छ ।
पहिरो हटाउँदै गाडी चलाउँदा यात्रु भने जोखिममा परेका छन् । यो सडकखण्डमा गाडी चलाउँदा सावधानी अपनाउन नारायणगढ–मुग्लिन सडक आयोजनाले आग्रह गरेको छ ।
“
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








