कामु प्रधानन्यायाधीश जोशी आजदेखि बिदामा, पेसी तोक्ने जिम्मा मिश्रलाई

काठमाडाैं, साउन २० । सर्वोच्च अदालतका कायममुकायम प्रधानन्यायाधीश दीपकराज जोशी आज आइतबारदेखि बिदामा वस्ने भएका छन् । संसदीय सुनुवाइ समितिले शुक्रबार प्रधानन्यायाधीशमा नाम अस्वीकृत गरेपछि उनि बिदामा बस्न लागेका हुन् ।

साथै, रोलक्रमका आधारमा वरिष्ठ न्यायाधीश ओमप्रकाश मिश्रले पेसी तोक्ने सर्वोच्च अदालतका सञ्चार विज्ञ किशोर पौडेलले जानकारी दिए । जोशीले १ सय २० दिन कायममुकायम प्रधानन्यायाधीशको जिम्मेबारी सम्हालेका थिए ।

जोशीले आफ्नो शैक्षिक प्रमाणपत्रमाथि छानविन गर्न सरकारलाई आग्रह गरेका छन् । उनले भने, ‘मैले स्वतन्त्र न्यायालयमाथि हस्तक्षेप गरी न्यायालयलाई विस्तारै कमजोर बनाइँदै लगिएको बुझेको छु । आफ्नो अभीष्ट पूरा गर्न केही तत्वहरु सक्रिय भएर लागे ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *