महिला हिंसाविरूद्ध युवाहरू एकजुट हुँदै

काठमाडौं, साउन १९ ।  पछिल्लो समयमा महिला हिंसा बढ्दै गईरहेको भन्दै युवाहरूले महिला हिंसाविरूद्ध सचेतना अभियान सुरू गर्ने भएका छन् ।

राजधानीको चन्द्रागिरिमा पत्रकार सम्मेलन गरि युवाहरुले महिला हिंसाविरूद एक भएर लाग्ने बताएका हुन ।

‘नारी आधा आकाश हाम्रो बोल, महिला हिंसाविरूद्धको हाम्रो गोल’ भन्ने नाराका साथ साउन ३१ गते नेथ्यम कलेज रविभवनमा महिला हिंसाविरूद्धको आवाज गरिने कार्यक्रमका संयोजक अस्मिता क्षेत्रीले वताईन ।

 पछिलो समय महिलाहरूलाई हेरिने दृष्टिकोणमा परिवर्तन गर्न शिक्षा महत्त्वपूर्ण रहेको भन्दै उनले भनिन्,  ‘सरकार नै पछिल्लो समयमा महिलाहरूमाथि हुने विभेद अन्त्यका लागि  लाचार भएर हेरिरहेको छ , महिलाहरूको पीडा दिन प्रतिदिन थपेर गईरहेकोप्रति सरकार अब कानुनी हिसाबमा गम्भीर हुनु पर्ने हो ।’

द क्रेटरको आयोजनामा हुन लागेको कार्यक्रममा समाजमा भएका प्रत्यक्ष, वा अप्रत्यक्ष घटनाहरूलाई वास्तविक र यथार्थपरक चित्रण गरिने आयोजक कमिटिका सदस्य रमण श्रेष्ठले वताए ।

समाजमा घट्ने विभिन्न खाले महिला हिंसाजन्य घटनाहरूलाई सबै नारी र पुरूषको दस्ता बनाएर लड्न सबैलाई प्रेरित गरिने आयोजकले पत्रकार समेलनमा जानकारी गराएका हुन् ।

कार्यक्रममा बोल्दै समाजसेवी रामनारायण घिमिरेले समाजका हरेक गतिविधिमा सबै एक भएर लागे समाज रूपान्तरणमा महत्त्वपूर्ण भुमिका युवा दस्ताले खेल्ने चर्चा गरे ।

कार्यक्रममा सदस्य अन्जान थापाले महिला हिंसाको अन्त्य गर्न नारी र पुरूष बराबरी भावना भन्ने उद्देश्यका साथ अगाडि बढ्नुपर्नेमा जोड दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *