उदयपुर इलाका प्रशासनमा राहदानीबाट ११ लाख राजस्व संकलन
२०७४ जेठ १५ गते

“
उदयपुर, साउन १९ । उदयपुर जिल्लाको इलाका प्रशासन कार्यालय कटारीले एक वर्षभित्र राहदानी शुल्कबाट रु ११ लाख ५० हजार राजश्व संकलन गरेको छ ।
एक वर्ष अघिदेखि वैदेशिक रोजगारीको लागि विदेश जान चाहनेका लागि इलाका प्रशासनबाट राहदानी दिने अनुमति पाएको थियो । त्यसअघिसम्म वैदेशिक रोजगारीको लागि राहादानीको सम्पूर्ण कार्य जिल्ला सदरमुकाम गाईघाटबाटमात्र हुँदै आएको थियो ।
२०७३/०७४ देखि २०७४/०७५ सालको असार महिनासम्ममा कटारी क्षेत्रबाट झण्डै एक हजार २४० पुरुष र ४३० महिलाले वैदेशिक रोजगारीका लागि राहदानी लिने कार्यमा राजश्व बुझाएबापत रु ११ लाख ५० हजार राजश्व संकलन भएको इप्रका कटारीका प्रमूख सुनिल पौडेलले बताए।
“
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








