नेपालको जितमा भारतीय क्रिकेटर वीरेन्द्र सहवागको यस्ताे शुभकामना

काठमाडौं. साउन १९ । नेपालले शुक्रबार एक दिवसीय क्रिकेट प्रतियोगितामा ऐतिहिक जित निकाल्न सफल भएकोमा अहिले चौतर्फि चर्चा भइरहेको छ । नेपालले यो सफलता हात पार्दा देशविदेशबाट बधाई तथा शुभकामना आइरहेको छ । यसैबीच, चर्चित तथा भारतीय पूर्व क्रिकेटर वीरेन्द्र सहवागले पनि ऐतिहासिक जित निकाल्न सफल भएकोमा नेपाललाई बधाई दिएका छन् ।

उनले ट्वीट गर्दै नेपाललाई जितको बधाई दिएका हुन् । उनले लेखेका छन्, ‘शुत्रबारको जितका लागि स्याबास, नेपाल । पहिलो अन्तर्राष्ट्रिय एकदिवसीय खेलमा रोमाञ्चक जितका लागि बधाई । यो त सुरुवात मात्रै हो, शुभकामना छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 + 19 =