चिलीमा प्लाष्टिक झोलाको व्यापारिक प्रयोगमा प्रतिबन्ध

काठमाडौं, साउन १९ । चिली सरकारले  प्लाष्टिक झोलाको व्यापारिक प्रयोगमा पूर्ण प्रतिबन्ध लगाएको छ ।  सो व्यवस्था लागू गर्न सरकारले ठूला  सुपरमार्केटहरुलाई ६ महिना  र साना पसलहरुलाई २ वर्षको समयसिमा तोकेको छ ।

यद्यपी  घरायसी प्रयोजनका लागि भने एक जना उपभोक्ता बराबर २ वटा  पुर्नप्रयोग गर्न मिल्ने प्लाष्टिकका झोला प्रयोग गर्न पाइने व्यवस्था गरिएको छ ।   चिलीमा कुल प्रयोगको १० प्रतिशत मात्रै प्लाष्टिकको पुर्नप्रयोग हुने गरेको छ ।

राष्ट्रपति सेबस्टियन पिनेराले प्लाष्टिकको अधिकतम प्रयोग गर्ने र पुर्नप्रयोग बिनै फालिदिने व्यवहारका साथै वातावरण प्रदुषणलाई समेत यो नीतिले नियन्त्रण गर्ने बताउनुभएको छ । यो सँगै प्लाष्टिकको प्रयोगमा प्रतिबन्ध लगाउने दक्षिण अमेरिकी राष्ट्रमै चिली पहिलो मुलुक बनेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *