गोसाईकुण्ड जाँदै गर्दा ढुङ्गाले लागेर एक जनाको मृत्यु, २ जना घाईते
२०७४ जेठ १५ गते

“
रसुवा, साउन १९ । रसुवाको धार्मिक तथापवित्रतिर्थस्थलगोसाईकुण्ड जाने क्रममापहिरोको ढुङ्गाले लागेर एक जना तिर्थयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा रौतहट जिल्लाचन्द्रपुर नगरपालीका ४ का अन्दाजी ३८ बर्षिय नम्रता कार्की रहेकी छिन ।
जिल्लाको गोसाईकुण्ड गाउँपालिका ५ स्थित घट्टे खोलादेखि ५० मिटर माथिपहिरो गएको स्थानमाएक्कासी ढुङ्गा खस्दा कार्किको घटनास्थलमै मृत्यु भएको प्रहरी नायबउपरिक्षक सन्तोष तामाङले बताए । त्यस्तै पहिरोमा परि रौतहट चन्द्रपुर नगरपालीका ४ कामनोज भट्राई र रमाआचार्य घाईते भएका छन् ।
टाउकोमा गम्भिर चोट लागेको आचार्यको जिल्ला अस्पताल धुन्चेमाउपचार भईरहेको छ भने भट्राईको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।
“
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








