अफगानिस्तान: शिया मस्जिदमा विस्फोट, २० जनाको मृत्यु

काठमाडाैं, साउन १९ । अफगानिस्तानको एक शिया मस्जिदमा आत्मघाती आक्रमण हुँदा २० जनाको मृत्यु भएको छ । पूर्वी अफगानिस्तानको पक्तिया प्रान्तको गार्देज सहरमा रहेको मस्जिदमा शुक्रवार भएको आत्मघाती आक्रमणमा परि ६० जनाभन्दा बढी मानिसहरु घाइते भएका छन् । स्थानीय प्रहरीले शुक्रवार दिउँसो नमाज सकिएपछि मस्जिदमा आक्रमण भएको जनाएको छ ।

पक्तिया प्रान्तका प्रहरी प्रमुख जनरल रज मोहम्मद मण्डोजाईले  समाचार एजेन्सी एएफपीसँगको कुराकानीमा कैयौं आत्मघाती आक्रमणकारी मस्जिद भित्र प्रवेश गरेर आक्रमण गरेको बताएका छन् । उनकाअनुसार आत्मघाती आक्रमण गर्ने सबै आक्रमणकारी पनि मारिएका छन् । शिया मस्जिदमा आक्रमण गर्ने संगठनका बारेमा केही खुल्न नसकेको बीबीसीले जनाएको छ ।

यसअघि चरमपन्थी संगठन इस्लामिक स्टेट उक्त क्षेत्रमा शिया अल्पसंख्यकहरुलाई आत्मघाती आक्रमणको निशाना बनाउँदै आएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *