फिल्म निर्देशक वाग्ले २५ लाख धरौटीमा रिहा
२०७४ जेठ १५ गते

“काठमाडाैं, साउन १९ । नक्कली नोट छापेको आरोपमा पक्राउ परेका लुट फिल्मका निर्माता माधवराज वाग्ले पाटन उच्च अदालतको आदेशमा २५ लाख रुपैयाँ धरौटीमा छुटेका छन् ।
अदालतले वाग्लेसँगै पक्राउ परेका कला निर्देशक महेन्द्र बोगटीलाई ३ लाख र कला सहयोगी सुदीप घिसिङलाई १० लाख रुपैयाँ धरौटीमा छाडेको छ ।
प्रहरी परिसर काठमाडौंले उनीहरुविरुद्ध नक्कली नोट छापेको अभियोगमा २ करोड ६३ लाख बिगो कायम गर्दै खोटा चलन मुद्दा दायर गरेको थियो । आजको कान्तिपुरले दोस्रो पृष्ठमा यो समाचार छापेको छ ।”
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








