नगरपालिकाले निकासा गरेको सामाजिक सुरक्षा भत्ता बैंकले रोकपछि

सन्जय कार्की, रौतहट । रौतहटको चन्द्रनिगाहपुरस्थित एभरेस्ट बैंकले सामाजिक सुरक्षा भत्ता वितरणमा ढिलाई गरिदिएपछि ज्येष्ठ नागरिक पीडित बनेका छन् ।

बैंकले झन्डै दुई महिना ढिला गरी भत्ता रकम वितरण गरेपछि सेवाग्राही पीडित बनेका हुन् । बैंकले कार्यालयको दुई तला माथिबाट भत्ता वितरण गर्दा आफूहरुलाई लाम लाग्न समस्या भएको वृद्धावृद्धाहरूले गुनासो गरेका छन् ।

चन्द्रपुर नगरपालिकाले गत जेठ १९ गते चौमासिक निकासाबापत प्रतिब्यक्ति ८ हजारका दरले करिब १ करोड ६४ लाख रुपैयाँ चन्द्रनिगाहपुरस्थित एभरेस्ट बैंकमा जम्मा गरिसकेको छ । तर, बैंकले सो रकम अन्यत्र खर्च गरेर वितरणमा ढिलाई गरेको आरोप स्थानीय बासीले लगाएका छन् ।

चन्द्रपुर नगरपालिकाका करिब २ हजार ५ सय ज्येष्ठ नागरिक र असहायले यो बैंकमार्फत् रकम निकाल्ने गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *