नेपालका लागि ओडिआईमा अर्धशतक प्रहार गर्ने दोस्रो खेलाडी बने पारस खड्का

काठमाडौं, साउन १८ । नेदरल्याण्डविरुद्ध दोस्रो एक दिवसीय क्रिकेटमा कप्तान पारसले अर्धशतक प्रहार गरेका छन् ।

खड्काले ३१औँ ओभरको पहिलो बलमा छक्का प्रहार गर्दै अर्धशतक बनाएका हुन्। नेपालले छैटौं विकेट गुमाएको छ । नेपालले छैटौं विकेटका रुपमा कप्तान पारस खड्कालाई गुमाएको हो ।

कप्तान पारस अर्धशतक प्रहार गरेर आउट भएका हुन् । पारसले ६९ बल खेलेर ५१ रन जोडेर क्याच आउट भए । ६ चौका र २ छक्का प्रहार गरेका पारसलाई सिलरले स्नाटरको हातबाट क्याच आउट गराए ।

योसँगै कप्तान पारस एकदिवसीय क्रिकेटमा नेपालको तर्फबाट अर्धशतक हान्ने दोस्रो खेलाडी भए । यसअघि उपकप्तान ज्ञानेन्द्र मल्लले पहिलो एकदिवसीय खेलमा अर्धशतक बनाएका थिए ।

नेपालले ६ विकेट गुमाएर खेलिरहदा १४७ रन जोडेको छ । क्रिजमा सोपपाल कामी र आरिफ शेख रहेका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *