मकालु खबर अब हाम्रो पात्रोमा

काठमाडौं, साउन १८ । सत्य तथ्य निश्पक्ष खबर पस्कन सफल मकालु खबर अब हाम्रो पात्रोमा पनि हेर्न सकिन्छ । आजबाट मकालु खबर विश्वभरका नेपाली माझ लोकप्रीय एप हाम्रो पात्रोको एन्ड्रोइड र एप्पल भर्सनमा समेत उपलब्ध रहेको छ ।

विश्वभर छरिएर रहेका नेपाली माझ मकालु खबरका समाचार लेख तथा रचनाहरु हाम्रो पात्रोमार्फत क्षणभरमै विश्वभर पुर्याउन सहकार्य गरिएको शुलभ मिडिया प्रा.लि.का अध्यक्ष फिलिप डिसीले बताए ।

‘मकालु खबरलाई संसारभरका नेपाली माझ पुर्याउन लोकप्रिय एप हाम्रो पात्रोसँग सहकार्य गर्न पाउँदा खुसी लागेको छ, यो सहकार्यले दुवै पक्षको ब्यवसायीक विस्तार र प्रर्वद्धनमा सहयोग पुग्नेछ ।’ उनले भने ।

स्थापनाको दोस्रो वर्षमा प्रवेश गर्दै गर्दा मकालु खबरले केहि दिन अघि मात्र एप समेत सञ्चालनमा ल्याएको छ । मकालु खबर, ताजा, सुलभ र निश्पक्ष भन्ने मुल नाराका साथ सञ्चालनमा आएको अनलाइन पोर्टलले देश विदेशका ताजा समाचार, घटनाक्रम र समसामयिक विचारलाई प्राथमिकताका साथ पस्कंदै आएको छ ।

हाम्राे पात्राेकाे नेपाली अंग्रेजी संस्करणमा प्रयाेगकर्ताहरूले सुचना मनाेरञ्जनका विविध सामग्री पाउने गर्दछन् भने, यसले निर्माण गरेकाे नेपाली पात्राे संसारभर रहेका नेपाली माझ लाेकप्रिय रहेकाे छ ।”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × two =