प्रदेश २ को यातायात कार्यालय वीरगञ्जमा

पर्सा, साउन १८ । प्रदेश सरकारको मातहतमा आएको यातायात व्यवस्था कार्यालयको आज वीरगञ्जमा प्रदेश नं २ का भौतिक पूर्वधार विकासमन्त्री जीतेन्द्र सोनलले उद्घाटन गरे ।

साउन १ गतेदेखि प्रदेश सरकारको मातहतमा आएको यातायात व्यवस्था कार्यालयको उद्घाटन गर्दै मन्त्री सोनलले संघीय सरकारको मातहतमा रहेका सेवाप्रदायक कार्यालय प्रदेश सरकारको मातहतमा आएपछि यसले संघीयतालाई बलियो बनाउने धारणा व्यक्त गरे ।

उनले पहिले कार्यालयबाट संकलन गरिएका राजश्व संघीय सरकारको खातामा जम्मा हुँदै आएकामा अब उक्त संकलित राजश्व प्रदेश सरकारको ढुकुटीमा जाने र सो रकमबाट प्रदेशको विकास गरिने बताए ।

मन्त्री सोनलले केन्द्र, प्रदेश र स्थानीय सरकारबीच समन्वय सहकार्य रहेमात्र मुलुक समृद्धिको बाटोमा अगाडि बढ्ने बताए । उनले यातायात व्यवस्था कार्यालय प्रदेश सरकारको मातहतमा दिएजस्तै प्रदेशको सुरक्षाको जिम्मा पनि प्रदेश सरकारलाई नै दिन संघीय सरकारसँग माग गरे। मन्त्री सोनलले प्रदेशको नामाकरणका लागि छलफल चलिरहेको बताए ।

कार्यक्रममा प्रदेश नं २ की भौतिक पूर्वाधार राज्यमन्त्री डा डिम्पल झाको समेत उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *