पूर्वाञ्चलकै बृहद् क्याम्ब्रिज अष्ट्रेलियन शैक्षिक मेला हुँदै

काठमाडौं, साउन १८ । क्याम्ब्रिज इन्ष्टिच्युट अफ टेक्नोलोजीले पूर्वाञ्चलकै बृहद शैक्षिक मेला गर्ने भएको छ । आउँदो भाद्र १ गतेबाट क्याम्ब्रिज अष्ट्रेलियन एजुकेशन फेयर हुने भएको छ ।

अष्ट्रेलिया गएर उच्च शिक्षा हासिल गर्ने सोच बनाएका विद्यार्थी र अभिभाबकलाई विज्ञहरुद्वारा शैक्षिक परामर्श दिनका लागि शैक्षिक मेलाको आयोजना गरिने भएको हो । क्याम्ब्रिज इन्ष्टिच्युट अफ टेक्नोलोजीका संस्थापक निर्देशक शिशिर सिंखडाका अनुसार भाद्र १ गते विर्तामोड २ गते दमक र भाद्र ३ गते इटहरीमा शैक्षिक मेला आयोजना हुनेछ ।

शैक्षिक मेलामा अष्ट्रेलियाका १५ उत्कृष्ट विश्वविद्यालय र कलेजको सहभागिता रहनेछ । उक्त शैक्षिक मेलामा विद्यार्थी अभिभावकले अष्ट्रेलियाको शिक्षा प्रणाली, उत्कृष्ट विश्वविद्यालय तथा कलेजको विस्तृत जानकारी पाउने छन् ।

यसका अलावा स्कलरशिप, लागत र भिजा प्रक्रिया, IELTS परीक्षाका बारेमा मान्यता प्राप्त शैक्षिक परामर्शदाता र विश्वविद्यालयका आधिकारिक प्रतिनिधिले करियर काउन्सेलिङ गर्नेछन् ।

क्याम्ब्रिजका संस्थापक निर्देशक सिंखडाले यो शैक्षिक मेला पूर्वाञ्चलकै बृहद शैक्षिक मेला हुने बताए । ‘शैक्षिक मेला भन्ने वित्तिकै विद्यार्थीलाई विदेश जान प्रेरित गर्ने भन्ने सोच छ, यो शैक्षिक मेलामा भने विद्यार्थीको करियर डेभलपमेण्टका विषयमा केन्द्रित हुने भएकोले विगतको शैक्षिक मेलाभन्दा उत्कृष्ट र फरक हुनेछ ।’ उनले भने ।

शैक्षिक मेलामा युवा मोटिभेसनल स्पीकर रोहित मल्लको समेत सहभागिता हुने भएकोले विद्यार्थीलाई अझ लाभदायक रहेको छ । मल्लले विद्यार्थीलाई जिवनमा कसरी सफल हुने, संघर्षमा कसरी अगाडी बढ्ने विषयमा आफ्नो प्रस्तुति समेत दिने कार्यक्रम छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *