स्वतन्त्र न्यायापालिकामाथि योजनावद्ध प्रहार भयो– नेपाल बार एशोसिएशन

काठमाडौँ, साउन १८ । प्रधानन्यायाधीशमा दिपकराज जोशीको नाम अस्वीकृतप्रति नेपाल बार एशोसिएशनले आपत्ती जनाएको छ ।

संसदीय सुनुवाई समितिले प्रस्तावित प्रधानन्यायाधीश जोशीको नाम अस्वीकृत गरी न्यायापालिकालाई कार्यपालिका र व्यवस्थापिकाले निर्देशित र नियन्त्रित गरेको भन्दै आपत्ती जनाएको हो ।

नेपाल बार एशोसिएसनले न्यायधीश जोशीको निर्णयबारे बसेको संसदीय सुनुवाई विशेष समितिको बैठकले दीपकराज जोशीको नाम अस्वीकृत गर्नु स्वतन्त्र न्यायपालिकामाथि हस्तक्षेप भएको बताएको छ ।

शुक्रबार विज्ञप्ति जारी गरी बारले संसदीय सुनुवाई समितिको उक्त निर्णयले स्वतन्त्र न्यायपालिकामाथिको ठाडो हस्तक्षेप भएको बताएको हो ।

‘सम्पूर्ण नागरिकहरुको एकमात्र आस्थाको धरोहरको रुपमा रहेको न्यायपालिकाप्रति योजनावद्ध रुपमा भएको यस प्रकारको प्रहारबाट न्यायपालिकालाई व्यवस्थापिका र कार्यपालिकाद्वारा निर्देशित र नियन्त्रित गर्नेतर्फ उन्मुख भएको देखिन्छ ।’ विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *