साँग्रिला डेभलपमेन्ट बैैंक लिमिटेडको शाखा टँकी सिनुुवारीमा

काठमाडौँ, साउन १८ । साँग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले नयाँ शाखा विस्तार गरेको छ । मोरङ जिल्लाको टँकी सिनुुवारीमा बैँकले थप शाखा विस्तार गरेको हो ।

साँग्रिला बैँकले शाखाको उद्घाटन गरि कारोबार शुरु गरेको छ । उक्त शाखाको उद्घाटन नेपाल राष्ट्र बैंकका डेपुुटी गर्भनर चिन्तामणी शिवाकोटी तथा बैंकका अध्यक्ष प्रा.डा रबीन्द्र प्रसाद श्रेष्ठले संयुुक्त रुपमा गरे ।

सो अवसरमा प्रमुुख अतिथी डेपुुटी गर्भनर शिवाकोटीले बैंकमा पैसा राख्दा रु. ३ लाख सम्मको बीमा गरिदिने र सुुरक्षा समेत हुुने भएकोले बैंक मार्फत कारोबार गर्न स्थानीय बासीन्दालाई आग्रह गरे ।

उक्त कार्यक्रमको अध्यक्षता बैंकका अध्यक्ष प्रा.डा रबीन्द्र प्रसाद श्रेष्ठले गरेका थिए भने स्वागत मन्तब्य बैंकका संस्थापक प्रमुुख कार्यकारी अधिकृत राजेन्द्र प्रसाद पौडेलले गरेका थिए ।

सोही क्रममा बैंकका अध्यक्ष प्रा.डा. रबीन्द्र प्रसाद श्रेष्ठले प्रमुुख अतिथि तथा अथितीलाई बैंकको तर्फबाट स–धन्यवाद ब्यक्त गर्नुुको साथै मायाको चिनो समेत वितरण गरे ।

अब साँग्रिला विकास बैंकको कुल शाखा संख्या ५४ पुगेको छ भने अन्य ३३ वटा शाखाहरु सञ्चालनमा आउने प्रक्रियामा रहेको तथा यसरी नै शाखा विस्तार गर्दै देशभर शाखा सञ्जाल स्थापना गरि सम्पूर्ण नेपालीमा सर्व सुलभ बैंकिङ्ग सुविधा प्रदान गर्ने बैंकको लक्ष्य रहेको बैँकका का.मु.प्रमुख कार्यकारी अधिकृत दिनेश थकालीले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *