कानुनमन्त्रीमा ढकाल नियुक्त, राज्यमन्त्री अर्यालको बढुवा

काठमाडौँ, साउन १८ । कानुनमन्त्री शेरबहादुर तामाङले राजीनामा दिएपछि रिक्त भएको पदमा भानुभक्त ढकाल नियुक्त भएका छन् । कानु्न, न्याय तथा संसदीय व्यवस्था मन्त्रीमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसद भानुभक्त ढकाल नियुक्त भएका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले ढकाललाई नेकपाका अध्यक्षसमेत रहेका ढकाललाई कानुनमन्त्रीमा नियुक्त गरेका हुन् ।

त्यस्तै राज्यमन्त्री पद्मा अर्याल मन्त्रीमा बढुवा भएकी छन् । उनलाई भूमि व्यवस्थामन्त्रीको जिम्मेवारी दिइएने प्रधानमन्त्री कार्यालयले जनाएको छ । उनिहरुको सपथ साढे ४ बजे हुने भएको छ ।

बंगलादेशमा एमबीबीएस अध्ययनरत नेपाली छात्राहरुबारे आपत्तिजनक अभिव्यक्ति दिएको भन्दै आलोचित बनेपछि तत्कालिन कानुनमन्त्री शेरबहादुर तामाङले केही दिन अघि राजीनामा दिएका थिए ।

स्वास्थ्य राज्यमन्त्रीको जिम्मेवारी भने संघीय समाजवादी फोरमका डा. सुरेन्द्र यादवले पाउने भएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three + 16 =