प्रधानन्यायाधीशमा जोशीको नाम अस्वीकृत !

काठमाडौँ, साउन १८ । संसदीय सुनुवाइ विशेष समितिले न्यायाधीश दीपकराज जोशीलाई अस्वीकृत गरेको छ ।

शुक्रबारको संसदीय सुनुवाई विशेष समितिको बैठकले दुई तिहाई बहुमतले प्रस्तावित प्रधान न्यायाधीश दीपकराज जोशीलाई अस्वीकृत गर्ने निर्णय गरेको हो  ।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले भने बैठक बहिस्कार गरेको थियो । प्रमुख विपक्षी दल कांग्रेसले बैठक बहिस्कार गरेपछि दुई तिहाई बहुमतका आधारमा जोशीको नाम अस्वीकृत भएको हो । जोशीको पक्षमा एक भोट पनि खसेन ।

सत्तारुढ नेकपा र फोरम नेपालको १५ सदस्यीय समितिमा दुई तिहाई बहुमत थियो ।

समितिले अब उनको नाम अनुमोदन नभएको जानकारी सिफारिश गर्ने संवैधानिक परिषद्लाई दिनेछ ।

प्रधान न्यायाधीशमा अस्वीकृत भए पनि जोशी हाल वरिष्ठताका आधारमा कायम मुकायम प्रधान न्यायाधीश छन्। उनको कामु पद के हुने भन्ने निश्चित छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 + fifteen =