सांसद निरुपाल धम्की प्रकरणः अनुसन्धान गर्न  विशेष समिति गठन

काठमाडौं, साउन १८ । नेकपाकी सांसद निरुदेवी पालमाथि भएको घटनाको विषयमा अनुसन्धान गर्न विशेष समितिको गठन भएको छ ।

संसदीय सुनुवाई विशेष समितिका सदस्य एवम् नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की सांसद् निरुदेवी पाललाई बानेश्वरमा अज्ञात व्यक्तिले बन्दुक तेर्साइ दिएको धम्कीको विषयमा अनुसन्धान गर्न
विशेष समिति गठन भएको हो ।

अनुसन्धानका क्रममा प्रहरीले काठमाडौँका विभिन्न ठाउँबाट ६५ जना भन्दा बढीलाई नियन्त्रणमा लिइसकेको छ ।

काठमाडौं प्रहरी परिसरका प्रहरी उपरीक्षक (एसपी) रामदत्त जोशीको नेतृत्वमा अनुसन्धान समिति बनेको हो । समितिमा महानगरीय प्रहरी वृत्त, बानेश्वरका डिएसपी गोविन्दराज काफ्ले र प्रहरी निरीक्षक सुरेन्द्र केसी सदस्य छन् ।

परिसरका प्रमुख एसएसपी विश्वराज पोखरेलका अनुसार सांसदमाथि भएको घटनालाई सुक्ष्म रुपले अनुसन्धान र छानबिन गर्न समिति बनाइएको हो ।

एसएसपी पोखरेलको नेतृत्वमा खटिएको प्रहरी टोलीले घटनामा संलग्नको खोजीका लागि काठमाडौमा रहेका ८० जना सादा पोशाकका प्रहरी परिचालन गरेको थियो । हाल प्रारम्भिक अनुसन्धानपछि स्क्रीनिङ गरेर उनीहरुमध्ये १६ जनामाथि छानबिन भइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *