संसदीय सुनुवाइ समितिको बैठक सुरू, के हाेला अाजकाे निर्णय ?
२०७४ जेठ १५ गते

“
काठमाडौं, साउन १८ । संसदीय सुनुवाइ समितिको बैठक सुरू भएको छ। बैठक १० बजेका लागि बोलाइएको थियो। तर, नेकपाका सांसदहरु समयमै उपस्थित भएपनि नेपाली कांग्रेस र संघीय समाजवादी फोरमका राजेन्द्र श्रेष्ठ ढिलो गरी कार्यालयमा उपस्थित भएपछि बैठक बस्न अबेर भएको हो।
कायममुकायम प्रधानन्यायाधीश दीपकराज जोशीलाई प्रधानन्यायाधीशमा अनुमोदन गर्ने वा नगर्ने भन्ने विषयमा निर्णय गर्न नसक्दा बैठक केही दिनअघिदेखि स्थगित हुँदै आएको छ।
अघिल्लो बिहीबार समितिले जोशीसँग जवाफ लिएको थियो। सामान्यतया सुनुवाइ भएकै दिन अनुमोदन गर्ने वा नगर्ने निर्णय हुने गरे पनि यसपटक भने बैठक स्थगित हुँदै आएको छ।
“
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








