राजेश बर्देवाको ‘सबै प्रदेशमा’ बजारमा (भिडियो सहित)
२०७४ जेठ १५ गते

“
काठमाडाैं, साउन १८ । प्रदेशीयका नेपालीले बिदेशमा भोगेको कथा–व्यथालाई समेटेर युबा गायक राजेश बर्देवाको “सबै प्रदेशमा” बोलको गीत भिडियोसहित बजारमा अाएकाे छ ।
चाडपर्वको बेला श्रीमान बिदेशमा हुँदा श्रीमतीसंग खुशी साट्दै गीत गाउदैं नाच्न नपाएको पिडालाई बर्देवाको गीतले बोलेको छ । श्रीमतिले घरमा मेलापात गरि घाँस दाउरा काटदै श्रीमानको साथमा बिताएको पल सम्झिदै एक्लोपनाको चित्रण गरेका छन् ।
यो गीतको म्युजिक भिडियोमा फोन सम्वादमार्फत आफ्ना मार्मिक दुखका वेदनलाई श्रीमानसामु व्यक्त गरेको देखाइएको छ । गीतमा स्वर राजेश बर्देवा र सरिता प्रजापतिको रहेको छ भने शब्द रचना, सङ्गीत पनि स्वयंम गायक बर्देवाले नै गरेका छन् । विशाल बैरागिको निर्देशनमा तयार पारिएको यस एल्बमलाई स्पष्ट खबर मिडियाले बजार व्यवस्थापन गरेको छ ।
“
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








