“शितल शर्मा र कला लम्सालको “”महारानी”” (भिडियोसहित)”

महिलाहरुको महान चार्ड हरितालिका तीज नजिकिँदै गर्दा गायिका शितल शर्मा र कला लम्सालको तीजको मौलिक गीत ‘महारानी’ सार्वजनिक भएको छ ।

तीजले शासु र बुहारीमा निम्त्याउने झगडालाई गायिका शीतल शर्मा र कला लम्सालले अभिनयमार्फत् प्रस्फुटन गरेका छन् । गीतमा शीतल शर्मा सासुको भूमिकामा देखा परेकी छिन् भने कला लम्साल बुहारीको रुपमा ।

दिविशा शर्मा, सुशान्त पाठक र रुपा खनालको अभिनय रहेको गीतमा बुहारीलाई महारानीका रुपमा चित्रित गरिएको छ ।

आमा र श्रीमतीको झगडा परेपछि श्रीमानको भूमिकामा रहेका राजु पौडेल ‘मास्टर’लाई सम्हाल्न निकै अप्ठेरो परेको देखिन्छ ।

शितल मिडियाको पहिलो प्रस्तुति रहेको यस गीतको म्युजिक भिडियोको निर्देशन र छायांकन दुर्गा पौडेलले गरेका हुन् । गीतमा शब्द र लय शिव हमालको रहेको छ ।

https://youtu.be/DzkAMVMN1Zg?t=158″

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *